बाँकेमा गोली प्रहार गर्दै चार जना लागुऔषध कारोबारी नियन्त्रणमा

बाँकेमा गोली प्रहार गर्दै चार जना लागुऔषध कारोबारी नियन्त्रणमा



बाँके । बाँकेमा प्रहरीले गोली प्रयोग गर्दै चार जनालाई नियन्त्रणमा लिएको छ। नेपालगञ्ज उपमहानगरपालिका–४ क्षेत्रमा गरिएको कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी २२ वर्षीय अमन साह र २६ वर्षीय भाइजन अन्सारी छन्। साथै, भारतको बहराइच रुपैडिया थाना क्षेत्रका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्त्तिककुमार समेत समातिएका छन्।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जका अनुसार चेकजाँचका क्रममा प्रहरीले रोक्दा उनीहरूले इँटा प्रहार गरेका थिए। यस क्रममा एक प्रहरी घाइते भए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको र सो क्रममा कार्त्तिककुमार घाइते भई अस्पताल पठाइएको बताइएको छ।

उनीहरूको साथबाट प्रहरीले २६५ ग्राम खैरो हेरोइन बरामद गरेको छ।