काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा भोलि नेपाल आइपुग्ने भएका छन् । उनी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।
भ्रमणका क्रमका नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर सचिवस्तरीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौं रहँदा भारतका विदेश सचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्नेछन् । उनी पर्सि सोमवार भारत फर्किनेछन् ।


प्रतिक्रिया