मोदीको पत्र बोकेर ओली भेट्न आज आउँदै भारतीय विदेश सचिव मिश्री

मोदीको पत्र बोकेर ओली भेट्न आज आउँदै भारतीय विदेश सचिव मिश्री


ग्लोब नेपाल
675
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको पत्र बोकेर प्रधानमन्त्री केपी शर्मा ओली भेट्न विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आउँदैछन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा विदेश सचिव मिश्री आज काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

यो भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका रूपमा हेरिएको छ, जसले दुई देशबीचको उच्चस्तरीय द्विपक्षीय सम्बन्धलाई थप गति दिने अपेक्षा गरिएको छ ।

भ्रमणका क्रममा विदेश सचिव मिश्रीले प्रधनमन्त्री ओली, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा लगायतका उच्चपदस्थ सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री भदौ ३१ भारत जाने तयारी छ । भारतले आफ्नो छिमेकी पहिलो नीति अन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ ।

विदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने र द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउने अवसर हुनेछ ।