मुस्ताङ । स्याउको राजधानीको रुपमा प्रख्याती कमाएको हिमाली मुस्ताङमा स्याउ टिप्ने कार्यतालिका सार्वजनिक गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख माया गुरुङको अध्यक्षतामा बसेको स्याउ टिप्ने जिल्ला स्तरीय समन्वय बैठकले स्याउ टिप्ने कार्यतालिका सार्वजनिक गरेको हो ।
मुस्ताङ जिल्लामा उत्पादन हुने स्याउको गुलियोपना कायम गर्न र स्याउको गुणस्तर कायम गरी मुस्ताङको स्याउलाई आम उपभोक्ता माँझ पृथक प्रकारको ब्रान्ड स्थापित गर्ने उद्देश्यले स्याउ टिप्ने कार्यतालिका तय गरिएको जनाइएको छ ।
मुस्ताङका पाँचै गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षहरु लगायत सम्वन्धित निकायका प्रतिनिधिसहितको बैठकले स्याउको गुणस्तर कायम गरी सहरबजारका उपभोक्ता समक्ष मुस्ताङको लोकप्रियता बढाउन स्याउ टिप्ने कार्यतालिक बनाएर कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।
बैठकले आसन्न हरितालिका तीज पर्वलाई मध्यनजर गर्दै उच्चघनत्व प्रविधिमा आधारित (हाईब्रिड) गाला जातको स्याउ भदौ ५ गतेदेखि टिपेर बजारिकरण गर्न पाईने निर्णय गरेको छ । यसैगरी हाईब्रिड किङ रट जातको स्याउ भदौ १५ गतेदेखि र अन्य हाईब्रिड र स्थानीय जातका स्याउ भदौ २५ गतेबाट मात्रै टिप्ने निर्णय गरेको हो ।


प्रतिक्रिया