नौबिसे-नागढुङ्गा सुरुङमार्ग अन्तिम चरणमा : प्रधानमन्त्री ओली

नौबिसे-नागढुङ्गा सुरुङमार्ग अन्तिम चरणमा : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै प्रधानमन्त्री ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको भन्दै चाडैं सञ्चालनमा आउने बताएका हुन् ।

‘नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने छ’, प्रधानमन्त्री ओलीले भनेका छन् ।

हालसम्म आयोजनामा ९३ प्रतिशत भाैतिक प्रगति भएको उनले जानकारी दिएका छन् ।

नौबिसे–नागढुङ्गा सुरुङमार्गमा ‘टनेल बोरिङ मेसिन’ (टीबीएम) र विस्फोटक पदार्थ प्रयोग नगरी बनाइएको हो । कूल २.६८ किलोमिटर लामो सुरुङमार्गमा साढे तीन मिटर चौडाइका दुई लेन निर्माण भएको छ ।