काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई रुपन्देही–३ को ‘फिल्ड भिजिट’का लागि खटाएको छ ।
आगामी १७ कार्तिकमा उपनिर्वाचन हुने रुपन्देही– ३ को अवस्था बुझ्नका लागि महामन्त्री शर्मा आज काठमाडौंबाट हिँडेका छन् । उनी स्याङ्जा हुँदै भोलिसम्म रुपन्देही पुग्ने याेजना रहेकाे एक कांग्रेस नेताले जानकारी दिए ।
महामन्त्री शर्माले केही दिन रुपन्देहीमा त्यहाँको चुनावी माहोलको अध्ययन गर्नेछन् । कांग्रेसबाट सो निर्वाचन क्षेत्रमा बालकृष्ण खाँणले चुनाव लड्ने आकांक्षा व्यक्त गरेका छन् ।
त्यसैगरी त्यहाँ कांग्रेसमा प्रमोद यादव, रामचन्द्र ढकाल, सुशील गुरुङलगायतका नेताहरूको नाम आकांक्षीका रूपमा चर्चामा छ ।
रुपन्देही– ३ को निर्वाचनलाई मूलतः सत्तारुढ कांग्रेस, एमाले र प्रतिपक्षी रास्वपाले प्रतिष्ठाको विषयसमेत बनाएका छन् ।
राप्रपाका सांसद दीपक बोहोराको निधनका कारण यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । ०७९ को निर्वाचनमा एमालेको समर्थनमा बोहोराले कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।


प्रतिक्रिया