काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
बुढानीलकण्ठस्थित निवास पुगेर विदेश सचिव मिस्रीले सभापति देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् । नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
विदेश सचिव मिस्री दुई दिने नेपाल भ्रमणका लागि आइतबार बिहान काठमाडौं आएका हुन् । उनले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।


प्रतिक्रिया