गुण्डा नाइके राजु गोर्खालीलाई ५ दिन हिरासतमा राख्न अनुमति

गुण्डा नाइके राजु गोर्खालीलाई ५ दिन हिरासतमा राख्न अनुमति


ग्लोब नेपाल
162
Shares

काठमाडौं । जिल्ला अदालत काठमाण्डूले गुण्डा नाइके राजु गोर्खालीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सोमबार अदालतले उनलाई ५ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो ।

बैंकिङ कसुर मुद्दामा उनी आइतबार राजधानीको चन्द्रागिरी क्षेत्रबाट पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसर काठमाण्डूले हिरासतमा राखेर उनीमाथि अनुसन्धान भइरहेको एसपी अपिलराज बोहराले जानकारी दिएका छन ।