काठमाडौं । सत्ता गठबन्धनले सिंहदरबारमा बैठक बोलाएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा गठबन्धनको बैठक बोलाइएको हाे ।
उक्त बैठकमा सहभागी हुन नेताहरू पुग्ने क्रम जारी रहेको छ । बैठकमा सहभागी हुन नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार पुगिसकेकी छन् । जसपा र लोसपाका नेताहरू पनि सिंहदरबार जाने क्रममा रहेको बताएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन हस्ताक्षर अभियान चलाएपछि सत्ता समर्थक साना दलहरूलाई पनि समेट्न बैठक बोलाइएको बुझिएको छ ।


प्रतिक्रिया