प्रचण्डले बोलाए विपक्षी दलको बैठक

प्रचण्डले बोलाए विपक्षी दलको बैठक



काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विपक्षी दलको बैठक बोलाएका छन् ।

सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन तयारी गरेको भनिएको बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् ।

केहीबेरपछि बैठक माओवादी संसदीय दलको कार्यालयमा बोलाइएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादीसहित रास्वपा, एकीकृत समाजवादीलगायतको सहभागिता रहने बताइएको छ ।