काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी परेपछि असन्तुष्टि जनाएका छन् । कांग्रेस एमालेले अहिले उपसभामुखलाई हटाउनको लागि अहिले खाली कागजमा हस्ताक्षर गराइरहेको छ ।
तर, कोइरालाले खाली कागजमा कुनै कारण नखुलाई हस्ताक्षर नगर्ने अडान लिएका छन् । पार्टीले सांसदहरूको हस्ताक्षर सङ्कलन गरिरहेको भएपनि आफूहरुलाई कुनै खबर नआएको शेखर निकट एक सांसदले बताए ।
उनले उपसभामुखलाई हटाउन खोजेको चर्चा बाहिर सुनेको भएपनि पार्टीभित्र अहिलेसम्म कुनै छलफल नभएको जिकिर गरे ।


प्रतिक्रिया