सप्तरीबाट बेपत्ता भगत गौरको लजमा मृत भेटिए

सप्तरीबाट बेपत्ता भगत गौरको लजमा मृत भेटिए


ग्लोब नेपाल
0
Shares

सप्तरी । सप्तरीको खडक नगरपालिका– ७ घर भएका उपेन्द्र भगत रौतहटको गौरमा मृत फेला परेका छन् । गौर नगरपालिका–५ स्थित नेपाल लजको कोठा नम्बर २०२ मा गत सोमबार ५८ वर्षीय भगत मृत फेला परेका हुन् ।

राजविराज-८ स्थित श्याम बाबा राइस एण्ड आयल मिल प्रा.लि.का मेनेजर पदमा कार्यरत यादव चिया खाएर आउँछु भनी कम्पनीबाट गत असार २५ मा निस्किएका थिए ।

त्यसपछि परिवारजनले गत असार २६ मा भगतको हुलिया विवरणसहित प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए । पाँच हप्तादेखि बेपत्ता भगत गत साउन २९ गते नेपाल लजमा आएका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक जितेन्द्रकुमार बस्नेतले उपेन्द्र गौरमा मृत अवस्थामा फेला परेको पुष्टि गरे ।

उनले सम्पर्कविहीन अवस्थामा रहेका भगतको सबै प्रहरी कार्यालयमा हुलिया विवरण सर्कुलर गराई खोजी कार्य जारी राखिएको अवस्थामा रौतहट प्रहरीबाट मृत फेला परेको जानकारी आएको बताए । यादवको शवमा बाहिरी चोटपटक केही नदेखिएकाले मृत्यु शङ्कास्पद रहेको भगतका भतिजा किरणकुमार भगतले जानकारी दिए ।

घटनाबारे निष्पक्ष अनुसन्धान गर्न माग गर्दै मृतकको शवलाई पोष्टमार्टमका धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले बताए ।