काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६ सय रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज १६ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४५ रुपैयाँले घटेर प्रतितोला २२५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल महासंघले जनाएको छ।


प्रतिक्रिया