काठमाडौं । उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर सङ्कलन गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको आजकाे बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले संसद् र संवैधानिक निकायमाथि अपमान गरिरहेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले लोकतन्त्रको विरासत धानेका भन्नेहरूले उपसभामुखजस्तो जिम्मेवार पदमाथि गरेको अवमूल्यन लोकतन्त्रकै लागि सबैभन्दा ठूलो खतरा भएको टिप्पणी गरे ।
प्रमुख सचेतक परियारले कार्यपालिकाबाट व्यवस्थापिकामाथि भइरहेको निरन्तरको आक्रमण अब टुलुटुलु हेरेर नबस्ने चेतावनीसमेत दिए ।
यस्तै प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले उपसभामुख इन्दिरा राना मगरमाथि उठेका प्रश्नको समाधानका लागि न्यायिक छानबिन हुनुपर्ने बताए । रानामाथिको आरोपको छानबिन हुनुपर्ने तर संवैधानिक परिषद्मा बहुमत पुर्याई आफन्तको भर्ती केन्द्र बनाउने प्रवृत्ति मान्य नहुने उनको भनाइ छ ।


प्रतिक्रिया