साफ यू–१७ महिला च्याम्पियनसिप: नेपाल भारतसँग ७–० ले पराजित

साफ यू–१७ महिला च्याम्पियनसिप: नेपाल भारतसँग ७–० ले पराजित



काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भारतसँग ७–० को पराजय भोगेको छ। भुटानको चिङलिमिथाङ रंगशालामा बुधबार भएको खेलमा भारतकी अभिष्टा बस्नेत, निरा चानु लोङ्गजाम, अनुष्का कुमारी र जुलान नोङ्गमैथेमले गोल गर्दै टोलीलाई विजयी बनाइन्।

खेलको पहिलो हाफमा भारतले ५–० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा दुई गोल थप्दै विजयी रह्यो।

भारतले लिगमा पहिलो तीन अंक हासिल गरेको छ र अब शुक्रबार (अगष्ट २२) बंगलादेशसँग खेल्नेछ। नेपालले भने पहिलो जितका लागि सोही दिन घरेलु टोली भुटानसँग खेल्नेछ।