भूमि विधेयक समितिबाट पारित

भूमि विधेयक समितिबाट पारित



काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार (भदौ ५) भूमिसम्बन्धी विधेयक बहुमतले पारित गरिएको छ ।

नेपाली कांग्रेसका महामन्त्रीद्वयको संशोधन प्रस्ताव सरकारले स्वीकार गरेपछि विधेयक पारित गरिएको बताइएको छ ।

नेकपा (माओवादी केन्द्र)का सांसदले फरक मत लेख्ने भन्दै शुक्रबार (भदौ ६)सम्मको समय मागेका थिए । तर, समितिबाट विधेयक पारित गरिएपछि फरक मत नराखी माओवादी सांसदहरू बाहिरिए ।

माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पनि असहमतिसहित बैठकबाट बाहिरिएका छन् ।

हालै बालुवाटारमा भएको कांग्रेस र एमालेका शीर्ष नेताहरूको बैठकमा भूमि विधेयक रोकिएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन् ।

कांग्रेसका सांसदहरूले राखेका सबै संशोधन स्वीकार गरे पनि भूमि विधेयक रोकिएको प्रधानमन्त्रीको भनाइ थियो ।