आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ४ सय रुपैयाँले बढेर १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला २३१० रुपैयाँमा कारोबार भईरहेको नेपाल महासंघले जनाएको छ।