सिड्नी । नेपाल आदिवासी जनजाति मञ्च अष्ट्रेलिया (निन्फा) ले विश्व आदिवासी दिवसका अवसरमा भव्यताका साथ विविध कार्यक्रम गरेर मनाएको छ । १० अगष्टमा नेपाली आदिवासी जनजातिहरूको सांस्कृतिक पहिचान झल्काउने लोकनृत्य, गीत-संगीत र परम्परागत मौलिक पोशाक प्रदर्शनबाट सुरु भएको उक्त कार्यक्रममा नेपालबाट गएका विश्वभक्त दुलाल (आहुती) मुख्य बक्ताको रुपमा थिए ।
अगष्ट १६ मा मुख्य अतिथि आहुतिसँग सिड्नीका विद्वानहरुको सहभागितामा भव्य र विधिपूर्वक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । समसामयिक विषयमा शनिबार दिउँसो १ बजे आयोजना भएको उक्त अन्तरक्रिया कार्यक्रम सिड्नी बारडेनको सेन्ट एरेनक्लिफमा रहेको कोरोनेशन हलमा आयोजना भएको थियो ।

विश्व आदिवासी दिवसका अवसरमा सम्पन्न कार्यक्रममा अष्ट्रेलिया र अन्य मुलुकका आदिवासी समुदायहरूलाई समेत समेटिएको थियो । विविध सांस्कृतिक गतिविधिहरू समेत प्रस्तुत गरिको निन्फाका अध्यक्ष लक्षमण गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार कार्यक्रममा न्यू साउथ वेल्सका बाणिज्य दूत सन्जिब शर्मा, फेडरल लेवर सांसद मिस अस्वानीलगायतका विशिष्ट अतिथिहरूसहित स्थानीय नेपाली समुदायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
सिड्नीको पिटर्सह्याम टाउन हल (107 Crystal Street, Petersham NSW 2049) मा कार्यक्रम आयोजना गरिएको थियो ।
समापन कार्यक्रममा सहभागी सबैलाई निन्फाले धन्यवाद ज्ञापन गरेको छ । कलाकार, स्वयंसेवकहरू र प्रायोजकहरूलाई प्रशंसापत्र वितरण गरी यस वर्षको विश्व आदिवासी दिवसको कार्यक्रम समापन भएको घोषणा गरिएको थियो । कार्यक्रममा मुख्य प्रायोजक केन फोर्डले प्रायोजक, आदिवासी समुदायका कोरियोग्राफरलगायत कलाकारलाई ट्रफी र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।




प्रतिक्रिया