कांग्रेस सर्लाहीका सभापतिले दिए राजीनामा

कांग्रेस सर्लाहीका सभापतिले दिए राजीनामा



काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिएका छन् । उनले शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राजीनामा पत्र बुझाएका हुन् ।

“सम्मानित अदालतको निर्णय, नेपालको प्रचलित कानुन र पार्टीको विधान बमोजिम म सभापतिको रूपमा आफ्नो जिम्मेवारीमा निरन्तर रहने अवस्था रहेन । यसकारण म नियम कानुन र पार्टीको बृहत्तर हितलाई मध्यनजर गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको पार्टी सभापति पदबाट राजीनामा दिएको जानकारी गराउँछु,” उनले भनेका छन् ।