काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नलिनुको कारण पेश गर्न आदेश जारी गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा पुनः विश्वासको मत नलिएको भन्दै दायर रिटमा आज सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो ।
अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । साथै अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेश जारी भएको छ ।
जसपा नेपालले गएको असार ३२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । जसपा नेपालले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिएका छैनन् ।


प्रतिक्रिया