काठमाडौं । आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन अर्थात आइतबार छापावाल सुन तोलाको २३ सयले बढेको छ । जसअनुसार आज एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुन तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भएको थियो । साथै, चाँदीको मूल्य तोलाको ४० रुपैयाँले बढेर २ हजार ३५० मा कारोबार भइरहेको छ, जबकी गत शुक्रबार २ हजार ३१० मा कारोबार भएको थियो ।


प्रतिक्रिया