वडाध्यक्ष कुट्नेलाई कारबाही गर्न योगेशको माग

वडाध्यक्ष कुट्नेलाई कारबाही गर्न योगेशको माग



काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष तथा नेकपा (एमाले) ताप्लेजुङ जिल्ला कमिटीका सदस्य टेकेन्द्र सेन्दाङमाथि भएको आक्रमणप्रति नेता योगेश भट्टराईले गम्भीर आपत्ति जनाएका छन् ।

भट्टराईले आज गृहमन्त्रीलाई पत्र पठाई आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

उनका अनुसार सेन्दाङमाथि ७ भदौमा पार्टीको जिल्ला बैठक सकेर गाउँ फर्किने क्रममा सदरमुकामनजिकैको तोक्मेडाँडामा केही अराजक समूहले साङ्घातिक आक्रमण गरेका थिए । सो आक्रमणबाट गम्भीर घाइते भएका सेन्दाङ हाल झापास्थित बीएनसी अस्पतालमा उपचाररत छन् ।

भट्टराईले सार्वजनिक स्थलमा जनप्रतिनिधिमाथि गरिएको कुटपिटले शान्ति सुरक्षामा गम्भीर चुनौती दिएको भन्दै घटनाको घोर निन्दा र भर्त्सना गरेका छन् ।