काठमाडौँ । काठमाडौँ महानगरपालिका–१२, टेकु दोभानस्थित वंशिघाट बाग्मती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका ८ वर्षीय बालक सुदीप गौतमको खोजीकार्यका लागि सशस्त्र प्रहरी परिचालित भएको छ।
बालक भदौ ७ गते दिउँसो करिब साढे २ बजे नदीमा पौडी खेल्दै गर्दा बेपत्ता भएको जानकारी प्राप्त भएको थियो।
सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलवाराही गण, काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज बालकको खोजीकार्यमा सक्रिय भएको छ।


प्रतिक्रिया