नाउपाका धनिराम चौधरी जनमतमा प्रवेश

नाउपाका धनिराम चौधरी जनमतमा प्रवेश



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता धनिराम चौधरी जनमत पार्टीमा प्रवेश गरेका छन् ।

२०७९ को प्रतिनिधि सभा चुनावमा चौधरी नाउपाबाट रूपन्देही क्षेत्र नम्बर १ मा उम्मेदवार थिए । उनी नेकपा (एमाले) का उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए भने त्यसबेला चौथो धेरै मत प्राप्त गरेका थिए ।

उनले त्यसबेला १३ हजार ९ सय ६२ मत ल्याएका थिए ।

चौधरीलाई आज जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टीमा प्रवेश गराएका हुन् । धनिरामलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष राउतले रूपन्देही ३ मा जित सुनिश्चित रहेको बताएका छन् ।

रूपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन आउन लागेका बेला धनिराम नाउपा छाडेर जनमत पार्टीमा प्रवेश गरेका हुन् । उनलाई जनमतले उपनिर्वाचनमा उम्मेदवार बनाउने सम्भावना छ ।