१० लाख धरौटीमा छुटे जिबी राईका जेठान

१० लाख धरौटीमा छुटे जिबी राईका जेठान



पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन जिल्ला अदालत कास्कीबाट धरौटीमा छुटेका छन् ।

आइतबार कास्की जिल्ला अदालतमा हाजिर भएका बमजनलाई जिल्ला अदालतका न्यायाधीश शंकरकुमार राइको इजलासले १० लाख रुपैया धरौटीमा रिहा गर्न आदेश दिएको हो । थुनछेक बहस पश्चात १० लाख धरौटी रिहा गर्न आदेश आएको हाे ।

बमजन सूर्यदर्शन सहकारी ठगीको मुख्य योजना एवं ग्यालेक्सी टेलिभिजन चलाउने कम्पनी गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राइका जेठान हुन् ।

बमजनले नै राईलाई उक्त सहकारीमा लगेर अध्यक्ष बनाएका थिए ।

अदालतमा सहकारी पीडतका तर्फबाट अधिवक्ताहरु युवराज पराजुली, बिबि विष्ट र दीपक शर्मा पौडेलले बहस गरेका थिए भने बामजनका तर्फबाट कानुन व्यवसायी द्रोण दाहाल र निर्मलराज पौडेलले बहस गरेका थिए ।