काठमाडौं । सिन्धुली निर्माण व्यवसायी संघको अध्यक्षमा उद्धवप्रसाद दाहाल निर्वाचित भएका छन् । संघको ९ औ जिल्ला अधिवेशनले दाहाललाई अध्यक्षमा निर्वाचित गरेको हो । उनले प्रतिद्वन्द्वी तुलसीराम श्रेष्ठलाई ४८ मतान्तरले पराजित गरेका हुन् ।
संघको प्रथम उपाध्यक्षमा फडिन्द्र पोखरेल, दोस्रो उपाध्यक्षमा दिनेशकुमार दाहाल र कोषाध्यक्षमा रुमबहादुर राई निर्वाचित भएका थिए । यसैगरी सचिवमा किरणराज लामा सहकोषाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा कुशल, दिपककुमार थापा, धनबहादुर थिङ, मदनबहादुर खड्का र सुर्यबहादुर तामाङ निर्वाचित भएका छन् । यसैगरी महिला सदस्यमा सरिता राई र सुनिता गजुरेल तथा जनजाति सदस्यमा टेकबहादुर मानन्धर र युगबहादुर योन्जन निर्वाचित भएका छन् ।


प्रतिक्रिया