राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते

राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते



काठमाडौं । प्रतिनिधि सभा अर्न्तगतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन यही भदौ ११ गतेलाई तोकिएको छ ।

सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोकेका हुन् । निर्वाचनको मिति तय गर्नुअघि सभामुख घिमिरेले आइतबार दिनभर राजनीतिक दलसँग छलफल गरेका थिए ।

राज्य व्यवस्था समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । रिक्त पदमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

निजामती सेवा विधेयकको कुलिङ पिरियडको गडबडीमा यसअघिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए ।