भारतमा नयाँ गेमिङ ऐन: बीसीसीआई र ड्रिम ११ बीच सम्झौता रद्द

भारतमा नयाँ गेमिङ ऐन: बीसीसीआई र ड्रिम ११ बीच सम्झौता रद्द



काठमाडौं । भारतमा नयाँ अनलाइन गेमिङ ऐन, २०२५ लागू भएपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) र ड्रिम ११बीचको ३५८ करोड भारतीय रुपैयाँको जर्सी प्रायोजन सम्झौता रद्द भएको छ।

नयाँ कानुनअनुसार सम्झौता गैरकानुनी हुने भएकाले दुबै पक्षले आपसी सहमतिमा अन्त्य गरेका हुन्। बीसीसीआईका सचिव देवजीत सैकियाले भने, ‘नयाँ ऐन लागू भएपछि बीसीसीआईले ड्रिम–११सँगको साझेदारी तोडेको छ। भविष्यमा यस्ता संस्थासँग कुनै सम्बन्ध राखिने छैन।’

ड्रिम स्पोर्ट्सले २०२३ मा ३ वर्षे सम्झौता गरेको थियो। सम्झौता रद्द भएपछि भारतीय टोली यूएईमा सुरु हुने एसिया कपअघि प्रायोजकविहीन भएको छ। नयाँ ऐनअनुसार अनलाइन पैसामा आधारित खेल सञ्चालन, प्रचार/विज्ञापन, बैंक तथा भुक्तानी प्रणालीमार्फत वित्तीय कारोबारमा पूर्ण रोक लगाइएको छ र गैरकानुनी गेमिङ प्लेटफर्म ब्लक गर्ने अधिकार सरकारले राखेको छ।