राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक

राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक



काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ । जस अन्तर्गत भोलि मनोनयन र पर्सी निर्वाचन गर्ने तय भएको छ ।

राज्य व्यवस्था समितिका सचिव कान्छा दुलालका अनुसार भोलि दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्ने, सवा ४ बजे उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ ।

पर्सी दिउँसो ३ बजे राज्य व्यवस्था समितिको बैठक बस्नेछ । जहाँ सभापतिको निर्वाचन हुनेछ । एक जनाको मात्रै उम्मेदवारी परे सर्वसम्मत हुनेछ । यदि दुई जनाको उम्मेदवारी परे निर्वाचन हुनेछ ।

सत्तापक्षले काँग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भएका छन् । प्रतिपक्षले उम्मेदवार दिने कि नदिने तय भएको छैन ।