काठमाडौँ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा मनोनयन दर्ता आज हुँदैछ ।
मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि तय गरिएको छ । सवा ४ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने र भोलि दिउँसो १ बजे निर्वाचन गर्ने तालिका छ ।
राज्य व्यवस्था समिति सभापतिको पद साउन २८ गतेदेखि खाली छ । तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो ।


प्रतिक्रिया