काठमाडौं । नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई पठाउने निर्णय गरेको छ ।
मंगलबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्रीसमेत रहेका पार्टी नेता रमेश लेखक र प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेको बैठकले न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
संसदीय सुनुवाइ समिति सभापति रहेकी न्यौपानेलाई त्यहाँबाट राजीनामा गराएर राज्य व्यवस्था समितिको सभापति बनाउने निर्णय कांग्रेसका शीर्ष नेताहरूको बैठकले गरेको हो । न्यौपाने समानुपातिक तर्फकी सांसद हुन् ।
न्यौपानेलाई कांग्रेसले प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवार पनि बनाएको थियो । उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरसँग पराजित भएकी थिइन् ।


प्रतिक्रिया