एमाले विधान महाधिवेशनको मूल नारा तय

एमाले विधान महाधिवेशनको मूल नारा तय



काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनको नारा तय गरेको छ । भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशनको लागि नारा तय गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उनका अनुसार विधान महाधिवेशनको नारा, ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ हुनेछ ।

विधान संशोधनका लागि अहिले एमालेले तल्लो तहबाट सुझाव संकलन गरिरहेको छ । यसअघि नवौँ केन्द्रीय कमिटी बैठक गत साउन ५ र ६ गते बसेको थियो ।