काठमाडौं । संसदीय सुनुवाइ समितिको सभापतिबाट ईश्वरी न्यौपानेले राजीनामा दिएकी छन् ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा मनोनयन दर्ता गराउनका लागि न्यौपानेले सभामुख देवराज घिमिरेलाई राजीनामा बुझाएकी हुन् ।
कांग्रेसको आज बसेको शीर्ष नेताहरूको बैठकले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दिँदै छिन् ।


प्रतिक्रिया