राज्य व्यवस्था समितिको सभापतिमा न्यौपानेको उम्मेदवारी

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपानेको उम्मेदवारी



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छिन् ।

संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी न्यौपानेले लगत्तै राज्य व्यवस्थाको सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनले आजै सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी थिइन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिकाे निर्वाचन भोलि दिउँसो ३ बजे समितिको बैठकमै हुनेछ ।