काठमाडाैं । सरकारले उखु किसानहरूलाई प्रोत्साहन,अनुदान बापतको रकम आज निकासा गरेको छ । अर्थ मन्त्रालयले यस बापत ७५ करोड ४९ लाख ३८ हजार २सय ४० रुपैयाँ निकासा गरेको हो ।
निकासा गरिएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत किसानको बैंक खाता मार्फत भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्री परिषद्को बैठकले यस पटक उखु किसानलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो ।
यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन गर्दे आएका छन् । यस अघि उखु किसानहरूले प्रति क्विन्टल ७० रुपैयाँ प्रोत्साहन स्वरूप पाउँदै आएका थिए ।


प्रतिक्रिया