काठमाडौं । दोलखामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । लामोसाँघु–जिरी सडकअन्तर्गत दोलखाको भिमेश्वर नगरपालिका–६ रमितेडाँडामा बा५३प८८९९ र बा.प्र.०२०३४प३२४२ नम्बरको मोटरसाइकल गएराति आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा बैतेश्वर गाउँपालिका–३ मिर्गेका २६ वर्षीय श्यामबहादुर खत्री र भिमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिस बस्नेत छन् । मृतकमध्ये बस्नेत गौरीशंकर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति हुन् ।
दोलखा प्रहरीका सूचना अधिकारी श्रीराम तिमल्सिनाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि च्छो रोल्पा अस्पताल चरिकोटमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।


प्रतिक्रिया