रौतहट । रौतहट माधवनारायण नगरपालिका–२ माधोपुरकी ३० वर्षीया रुबीकुमारी साहको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । रुबीको हत्या गरी फरार माधोपुर घर भएका लक्ष्मण पासवान बुधबार बिहान आत्महत्याको प्रयास गरेको अवस्थामा पक्राउ परेका हुन् ।
उनले शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेको प्रहरीको भनाइ छ । पूरै शरीर जलेर गम्भीर घाइते पासवानलाई थप उपचारको लागि कीर्तिपुर बर्न अस्पताल लगिएको प्रहरी निरीक्षक रुद्र कँडेलले जानकारी दिए । पासवान बोल्न सक्दैनन् । उनी मुन्टो हल्लाउँछन् मात्र । पासवानको अनुहार पूरै डढेको छ ।
रुबीको हत्यापछि फरार पासवानले मंगलबार राति इन्स्टाग्राममा केही बोलेका थिए । त्यसैलाई पिछा गर्दै प्रहरी पासवान बसेको स्थान पुगेको हो । तर उनले शरीरमा आगो लगाएर आत्महत्या गर्न खोजेको प्रहरीको भनाइ छ । अहिले प्रहरीले घाइते पासवानलाई उपचारको लागि कीर्तिपुरस्थित वर्न अस्पताल लगिएको छ ।


प्रतिक्रिया