कांग्रेसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

कांग्रेसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना



काठमाडौं । नेपाल शिक्षक महासंघले नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिएको छ । बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा धर्ना दिइएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

उनका अनुसार, पहिलो चरणको कार्यक्रमअन्तर्गत पार्टी कार्यालयमा धर्ना दिइएको हो । धर्ना कार्यक्रम २ बजेसम्म जारी रहनेछ । उनीहरुले कांग्रेसको पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र पनि बुझाएका छन् ।

बिहीबार नेकपा (एमाले)को केन्द्रीय कार्यालय च्यासल र शुक्रबार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा धर्ना दिने कार्यक्रम छ ।

विद्यालय शिक्षा विधेयकमा आफूहरूका सबै मागहरू समेट्नुपर्ने महासंघको माग छ ।

संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पारित गरेको विद्यालय शिक्षा विधेयक सहमति अनुसार नभएको महासंघको ठहर छ ।