रविचन्द्रन अश्विनले आईपीएलबाट लिए सन्यास

रविचन्द्रन अश्विनले आईपीएलबाट लिए सन्यास



एजेन्सी। भारतका दिग्गज स्पिनर रविचन्द्रन अश्विनले आईपीएलबाट सन्यास लिएका छन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत् आफ्नो निर्णयको जानकारी दिएका हुन्।

अश्विनले भने, “एक आईपीएल खेलाडीको रूपमा मेरो समय सकियो, तर विदेशी लिगमा खेल्ने मेरो यात्रा सुरु भएको छ। यस क्रममा बनेका सम्झना र सम्बन्धका लागि सबै फ्रेन्चाइजलाई धन्यवाद।”

आईपीएलमा अश्विनले २२१ खेल खेल्दै १८७ विकेट लिएका छन् (इकोनोमी ७.२९) र ८३३ रन बनाएका छन्। उनले आईपीएलमा पाँच फरक फ्रेन्चाइजबाट खेल्दै करियर बनाएका थिए।

सन् २०१६ देखि २०२४ सम्म उनले दिल्ली क्यापिटल्स, पन्जाब किङ्स, राजस्थान रोयल्स र चेन्नई सुपर किङ्समा खेल्दै अनुभव बटुलेका थिए।