राज्य व्यवस्था समितिकाे सभापतिमा न्यौपाने निर्विरोध चयन

राज्य व्यवस्था समितिकाे सभापतिमा न्यौपाने निर्विरोध चयन



काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी ईश्वरी न्यौपाने निर्विरोध चयन भएको घोषणा गरिएको छ । सत्ता गठबन्धनको तर्फबाट न्यौपानेको एकल उम्मेदवारी परेको थियो ।

निवर्तमान सभापति रामहरि खतिवडालगायतका समिति सदस्यले न्यौपानेलाई समिति बैठकमा खादासहित बधाई दिए ।

पार्टीको निर्णय अनुसार संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिमा उम्मेदवारी दिएकी थिइन् ।

कांग्रेसको समानुपातिक सांसद रहेकी न्यौपानेलाई कांग्रेसले यसअघि उपसभामुखको उम्मेदवार पनि बनाएको थियो ।