काठमाडौँ । भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। यससँगै नेपाल उपाधि होडबाट बाहिरिएको छ।
बुधबारको खेलमा नेपाल बंगलादेशसँग ४-१ ले पराजित भयो। बंगलादेशकी सोरभी अखण्ड प्रीतिले ह्याट्रिक गरिन्।
यसअघि नेपालले भारतसँग ७-० ले पराजित भएको र भुटानलाई २-१ ले हराएको थियो।
नेपालले अब बाँकी खेलमा भारत र भुटानसँग खेल्नेछ।


प्रतिक्रिया