अध्यक्ष लिङदेन र उपाध्यक्ष तामाङबीच सम्बन्ध चिसियो, राप्रपावृत्तमा बहस तातियो

अध्यक्ष लिङदेन र उपाध्यक्ष तामाङबीच सम्बन्ध चिसियो, राप्रपावृत्तमा बहस तातियो


ग्लोब नेपाल
4k
Shares

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र उपाध्यक्ष बुद्धिमान तामाङ बीच सम्बन्ध चिसिएको भन्ने प्रश्नले राप्रपावृत्त तातिएको छ । अध्यक्ष लिङदेन विदेश जाने क्रममा विदाइ गर्न र स्वागत गर्न सधैं विमानस्थल पुग्ने तामाङ यस पटक लिङदेन तीज मनाउन भारत जाँदा र फर्किदा कहीँ कतै देखा परेनन् ।

उपाध्यक्ष तामाङले आफू अध्यक्ष पदको दावेदार भएको कुरा तपस होटलमा सम्पन्न लिङदेन गुटको भेला र मिडियामा बोलेपछि दुइ नेता बीचको सम्बन्धमा दरार आएको राप्रपा सुत्रको दावी छ । नत्र भने रातको एक बजे पनि अध्यक्षको स्वागतमा तामाङ धर्मपत्नीसहित एयरपोर्ट पुग्ने गरेको रेकर्ड छ ।

अध्यक्ष लिङदेनले विदेश जाने बेला जहिले पनि कार्यवाहक अध्यक्षको जिम्मेवारी तामाङलाई सुम्पिन्थे । त्रिभुवन विमानस्थलको भीआइपी कक्षभित्रै लिङदेनले कार्यवाहक अध्यक्षको चिठी तामाङलाई थमाउँथे । यस पटक भने कार्यवाहक अध्यक्षको जिम्मेवारी कसलाई दिइयो भन्ने जानकारी वा विज्ञप्ति राप्रपाले सार्वजनिक गर्दै गरेन ।

कुनै पनि राजनैतिक दल, सरकार वा संघसंस्थाले विमानस्थलको भीआइपी कक्षमा कार्यवाहकको चिठी हस्तान्तरण गर्ने गरेको रेकर्ड वा प्रचलन छैन । यस किसीमको काम वास्तवमा संस्थागत मर्यादा प्रतिकूलको अभ्यास हो, जो काम नेपालमा, नैतिकता र आदर्शको चर्चा गर्ने र आमाको रगतको कसम खाने लिङदेनले मात्र गरेका छन् ।

‘भीआइपी रुममा चिठी दिने अचम्मको काम गरेर पार्टी अध्यक्षले जग हसाउने काम गरेकै हो, पटक–पटक पार्टीको नूर गिराउने काम गरेकै हो,’ राप्रपाका एक नेताले भने ।

विमानस्थलमा कार्यवाहकको चिठी दिएको फोटो मिडिया र सामाजिक संजालमा लिङदेन टीमले बढो गर्वकासाथ प्रचार गर्थे । अध्यक्षलाई लिन उपाध्यक्ष बाहेक आसेपासेको तछाडमछाड हुन्थ्योे विमानस्थलमा । तर, यस पटक दर खाएर नेपाल फर्केका अध्यक्ष लिन एक्लो महामन्त्री राजेन्द्र गुरुङ मात्र विमानस्थल पुगे ।

पार्टी नेताहरुलाई विधान मिच्दै एकलौटी कारवाही गरेपछि लिङदेनको लोकप्रियता ओरालो लागेको छ । सार्वजनिक रुपमै गाडी चोर, तस्करी र ट्रक चोरको आरोप लागे पनि लिङदेनले कुनै स्पष्टीकरण र खण्डन गरेका छैनन् । यस्तो मौनताले लिङदेनको कमजोरी छ भन्ने जनमानसमा छाप परेको छ ।

दर खान, तीज मनाउन नेपालबाट भारत उड्ने बखत अध्यक्षलाई विदा गर्ने यसपाली कोही भएनन् । भाइरल स्टार भनेर संस्थापनले प्रचार गरेको पात्रहरुको तस्वीरले समेत यस पटक सामाजिक सञ्जाल तातिएको देखिएन ।

केन्द्रीय समितिको वैठक नबोलाई, पार्टीको समस्या समाधान नगरी तीज मनाउन भारतको जानुको कारण अध्यक्षले पुष्टी गर्नुपर्दछ भन्ने मत राप्रपामा बढ्दो छ । लिपुलेकको विषयमा लिङदेन चुपचाप बसेकोमा पनि राष्ट्रवादी कित्तामा उनको ठूलो आलोचना भएको छ ।