काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता अरनिको पाँडेलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको साइबर ब्युरो प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए ।
एक महिलाले पाँडेविरूद्ध सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दिएकी थिइन् ।
जाहेरी दर्ता भएपछि पाँडे बुधबार आफै काठमाडौंस्थित साइबर ब्युरोमा उपस्थित भएका हुन् ।


प्रतिक्रिया