काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समिति (संयुक्त)मा लगेको छ ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा उपसभामुख इन्दिरा रानामगरले खतिवडालाई संसदीय सुनुवाइ समितिमा पठाउन गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
सुनुवाइ समितिको सभापतिबाट ईश्वरी न्यौपाने राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति भनेपछि उनको स्थानमा खतिवडालाई लगिएको हो ।
संघीय निजामती विधेयककाे कुलिङ अफ पिरियड छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहर्याएपछि खतिवडाले सभापतिबाट राजीनामा दिएका थिए ।


प्रतिक्रिया