काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको चीन भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ताको क्रममा लिपुलेकबारे कुरा उठाउने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा चीन भ्रमणबारे सदनलाई जानकारी गराएर फर्किने क्रममा सञ्चारकर्मीहरूले भ्रमणका क्रममा लिपुलेकको कुरा त उठाउनुहुन्छ ? भन्दै प्रश्न सोधेका थिए । त्यसको संक्षिप्त जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘अवश्य उठ्छ ।’
प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा भोलि चीन भ्रमणमा जाँदै छन् । सदनमा भ्रमणबारे जानकारी गराउँदा भने उनले सीमाबारे बोलेका थिएनन् ।


प्रतिक्रिया