काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले बिहान चीन जाँदै छन् । चीनको तियानजिनमा हुने सांघाई सहयोग सङ्गठनको (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन उनी चीन जान लागेका हुन् ।
प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको चार्टर्ड उडानमा चीन जान जाँदै छन् । प्रधानमन्त्री ओलीको नेतृत्वमा चीन जाने नेपाली प्रतिनिधिमण्डलमा २३ जना सदस्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आजदेखि बुधवारसम्म हुने चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले हिजो प्रतिनिधिसभा बैठकलाई जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणका चीन र रुसका राष्ट्रपतिसहित छ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ताको गर्नेछन् । उनले पर्सि १६ गते तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
एससीओ शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्रीले केही विश्व नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया