प्रधानमन्त्री ओली चीन प्रस्थान

प्रधानमन्त्री ओली चीन प्रस्थान



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । आज बिहान उनी त्रिभुवन विमानस्थलबाट चीन प्रस्थान गरेका हुन् । उनी प्रधानमन्त्री भएपछिको यो दोस्रो चीन भ्रमण हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा गएका प्रधानमन्त्री ओली १८ गते बुधबारसम्म चीनमा रहेछन् । त्यहाँ उनी सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनेछन् ।

भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद् छविलाल विश्वकर्मासहितका उच्च अधिकृतहरू रहेका छन् ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणमा रहँदा चीन र रुसका राष्ट्रपतिसहित छ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ताको गर्नेछन् । उनले पर्सि १६ गते तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

एससीओ शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्रीले केही विश्व नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।