पतञ्जलीको जग्गाको विषयमा ममाथि बिनाकारण मुद्दा लगाइयो: माधव नेपाल

पतञ्जलीको जग्गाको विषयमा ममाथि बिनाकारण मुद्दा लगाइयो: माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूमाथि बिना कारण मुद्दा लगाइएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालको कानुनले हदबन्दी छुटलाई नियमन गर्ने सम्बन्धी विशेष व्यवस्था गरेको भए पनि आफूमाथि बिनाकारण मुद्दा लगाइएको बताएका हुन् ।

‘नेपाल सरकारले सूचित आदेश बमोजिम हदबन्दीको जग्गा राख्न दिन स्वीकृति दिन सक्नेछ । स्वीकृति दिँदा आवश्यक शर्तहरु तोक्न सक्नेछ । अर्थात हदबन्दी भन्दा बढी जग्गा राख्न दिने अधिकार नेपाल सरकारसँग छ । यस केसमा क्याबिनेटले सर्वसम्मतिले निर्णय गरेर दिएको हो । हदबन्दी भन्दा बढी जग्गा राख्न दिएर गल्ती काम भयो भन्नेकुराको कानूनी आधार छैन,’ उनले भने ।

त्यतिबेलाको मन्त्रिपरिषद्कमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीदेखि अहिले सत्तामै रहेको दल एमालेका महासचिव शंकर पोखरेलसम्मका नेताहरू रहेको बताए ।

‘त्यो बेला मन्त्रिपरिषदमा विद्या भण्डारीदेखि लिएर सुजाता कोइरालासम्म । अहिले सत्ताधारी पार्टीको महासचिव शंकर पोखरेलदेखि लिएर सुरेन्द्र पाण्डेसम्म । भीम रावललदेखि लिएर मिनेन्द्र रिजालसम्म थिए । यि सबैको सहमति छ त्यहाँ । क्याबिनेटको सर्वसम्मतिले निर्णय भएको छ,’ उनले भने ।

अध्यक्ष नेपालले कुनै गल्ती र बद्मासी आफूले आफ्नो जीवनमै नगरेको दाबी गरे ।