रास्वपाले आज रुपन्देही–३ उपनिर्वाचनको उम्मेदवार घोषणा गर्ने

रास्वपाले आज रुपन्देही–३ उपनिर्वाचनको उम्मेदवार घोषणा गर्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । पार्टीको कार्यवाहक सभापति डीपी अर्यालको आव्हानमा दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको पार्टी प्रवक्ता मनिष झाले बताए ।

बैठकमा रुपन्देही–३ उम्मेदवार छनोट मूल्याङ्कन, प्रवास विशेष अभियान सञ्चालन र अन्य विविध विषयमा छलफल हुने बताइएको छ ।

बैठक पश्चात् पार्टी प्रवेश कार्यक्रम र रुपन्देही–३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा कार्यक्रम हुने पार्टीले जनाएको छ ।