सभापति न्यौपानेले बोलाइन् राज्य व्यवस्था समितिकाे बैठक

सभापति न्यौपानेले बोलाइन् राज्य व्यवस्था समितिकाे बैठक



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भदौ १७ गते मंगलबारका लागि बोलाइएको छ । नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेले मंगलबार २ बजेका लागि बैठक बोलाएकी हुन् ।

उनी सभापति भएपछि समिति बैठक पहिलो पटक बस्न लागेको हो । उनी भदौ ११ गते सभापतिमा निर्वाचित भएकी थिइन् ।

बैठकमा समितिका हालसम्मका कामको समीक्षा गर्ने र निवर्तमान सभापति रामहरि खतिवडालाई धन्यवाद दिने कार्यसूची छ ।

समितिमा नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी बल विधेयक, निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक विचाराधीन छन् ।